तस्बिर साभार : हंस मल्ल
    तस्बिर साभार : हंस मल्ल
    हुलाकी न्यूज, जनकपुरधाम । (कालीकाेट) मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ ।

    गमगढीमा राति साढे १२ बजेदेखि आगो लाग्दा २१ वटा घर जलेर पूर्ण नष्ट भएको छ ।अहिले आगोलाई फैलनबाट रोके पनि पूरै आगो निभिनसकेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले उज्यालोलाई जानकारी दिनुभयो ।

    उहाँकाअनुसार साँघुरो र बाक्लो बजारका कारण धेरै नोक्सानी भएको छ।

    अहिले पनि सेना, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने काम भइरहेको छ । आगोलाई फैलिनबाट रोक्न बीचमा रहेका घरलाई भत्काएर ठाउँ खाली गर्न थालिएको उहाँले बताउनुभयो । क्षतिको  पूर्ण विवरण आइसकेको छैन । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.