हुलाकी न्यूज,जनकपुरधाम । सर्लाही प्रहरीलाई बल प्रयोगको सिद्धान्त तथा हातहतियारको प्रयोग सम्बन्धित ५ दिवसीय विशेष तालिम सुरु गरिएको छ । प्रत्यक्ष रुपमा फिल्डमा खटने प्रहरी कर्मचारीहरुलाई सम्बन्धित स्थानमै प्रशिक्षक उपलब्ध गराई तालिम सुरु गरिएको छ ।

व्यवसायीक ज्ञान, सीप, क्षमता एंव व्यवहारमा थप उत्कृष्टता प्रदान गराउने तथा वृत्ति विकासमा टेवा पु¥याउने विभागीय नीति अनुरुप अनुशिक्षण कार्यक्रम संचालन गरिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा आज देखि सुरु भएको तालिम मंसिर २ गते सम्म चल्ने छ । सो तालिममा प्रहरी हवल्दार/प्रहरी जवान लक्षित सुरु गरिएको हो ।

बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सुरक्षित तवरले जिल्ला प्रहरी कार्यालय सर्लाही तथा मातहतका कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई समावेश गरी प्रशिक्षण कार्यक्रम संचालन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.