हुलाकी न्यूज,जनकपुरधाम । नेपाल बार एशोसियसन जनकपुर शाखामा आवक्त वकिलहरूले जनकपुरस्थित जिल्ला अदालत धनुषा र उच्च अदालत जनकपुरको मुलगेटमा बिहान ११ देखि १२ बजेसम्म धर्ना बसेका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै सर्वोच्चबाहेकका अदालतमा पनि आन्दोलन भएको छ ।
सर्वोच्च अदालतको न्यायिक, प्रशासनिक र नियुक्ति शुद्धीकरणका लागि धर्ना बसेको अधिवक्ता श्याम मिश्राले बताएका छन् ।
केन्द्रले घोषणा गरेको आन्दोलनको कार्यक्रममा ऐक्यबद्धता जनाउँदै धर्ना बसेको उनको उनको भनाइ छ ।



