हुलाकी न्यूज,जनकपुरधाम । प्रदेश नम्बर २ को रौतहट जिल्लाको बिरेन्द्र राजमार्गमा अन्तरगर्तको गौर–चन्द्रपुर सडक खण्डको यमुनामाई गाउँपालिकाको झुन्खुनवा चोक नजिक शनिवार राति कार दुर्घटनामा परेर चार जना भारतीय नागरिकको मृत्यु भएको हो।
झुन्खुनवा चोक स्थित पेट्रोल पम्प भन्दा २ सय मिटर उत्तर तर्फ चन्द्रपुरबाट गौर तर्फ आउदै गरेका युके १२ सि २९०० नम्वरको भारतीय नम्वरको स्वीफ्ट कार गए राति १० बजेको समयमा अनियन्त्रित भई दुर्घटना हुँदा चार जना भारतीय नागरिकको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मृत्यु हुनेमा भारत विहार राज्यको पुर्वी चम्पारण जिल्लाको पताही थाना वेतौना घर भएका २५ बर्षिय दिनानाथ साह, ३० बर्षिय अरुण साह, २८ बर्षिय दिलिप महतो र २७ बर्षिय अमित महतो रहेको रौतहटका प्रहरी उपरिक्षक बिनोद घिमिरेले बताएका छन् ।

रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्वर ४ स्थित नरेश साह भिनाजुको घरमा छठको पर्साद पुर्याउन आएका उनिहरु घर फर्किदा दुखद घटना घटेको बुझिएको छ।दुर्घनाग्रत भएको कारलाई गहिरो पानीबाट राति नै प्रहरीले अत्याधिक गतिमा गुडिरहेको कार अनियन्त्रित भई पल्टिदा सडक भन्दा २० मिटर छेउमै रहेको पोखरीमा डुबेको थियो।

कार डुबेपछि बम नहरमा सुरक्षा चेकजाँचमा रहेका सुरक्षाकर्मीहरु तत्काल घटनास्थलमा पुगेर कारमा रहेका व्यक्तिहरुलाई बचाउन निकै प्रयास गरिएपनि असफल भएका थिए।

उनीहरलाई कारको अगाडीको सिसा फुटाएर निकाल्दा चारैको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी घिमिरेले जानकारी दिएका थिए ।दुर्घटनाग्रस्त भएको कारलाई गहिरो पानीबाट राति नै प्रहरीले क्रेनको सहाराबाट निकालिएको थियो ।

मदिरा सेवन गरेर गाडी चलाएकोले तिव्र गतिमा आउदै गरेको कार दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाको विषयमा गहन रुपमा अन्सन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.