हुलाकी न्यूज,जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता उमाशंकर अरगरियाले आफू काँचो गाँजर र मूला नभएको भन्दै कसैले चपाउन नसक्ने बताएका छन् ।

धनुषाको कमला नगरपालिकामा पार्टीद्वारा आयोजित चियापान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधी सभा सदस्य समेत रहेका अरगरियाले भने, ‘उपेन्द्रकै आसेपासे र युवलाई लाग्थ्यो सांसदको पद गइहाल्छ । तर, हामी कदापी कमजोर छैनौं । घेर्ने कोसिस गर्नेहरुको हात नै कटिहाल्यो ।’

उपेन्द्र यादवको पार्टीमा रहँदा उनका आसेपासे र युवाहरुले आफूलाई यसरी नै चपाउन खोजेको तर, आफू गाँजर र मूला नभएकाले उनीहरुले चपाउन नसकेको बताए । नेपालको संसदमा एउटै मधेशी पार्टी लोसपा रहेको भन्दै उनले उपेन्द्र यादवको पार्टी मधेशी नभएको बताए । ‘संसदमा एउटै मधेशी पार्टी लोसपा छ’ उनले भने, ‘ सिके राउतको पार्टीले पनि मधेशी पार्टी भनिरहेको छ । तर संसदमा लोसपा मात्रै मधेशी पार्टी हो । उपेन्द्रको पार्टी मधेशी रहेन् ।’



