हुलाकी न्यूज, जनकपुरधामा । मैथिली भाषाको विकासको लागि वर्तमान सरकार ठोस कदम चाल्ने गृहमन्त्री बालकृष्ण खाँडले बताएका छन् । उनले मैथिली विकास आयोग गठनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले ठोस कदम चाल्ने बताए ।

मंगलवार जनकपुरधाममा मैथिली विकास कोषले आयोजना गरेको कार्यक्रममा मैथिली भाषाको विकासका लागि आयोग गठन गर्न ज्ञापन पत्र बुझाएपछि गृहमन्त्री खाँड सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विगतमा बहुभाषिक विकासको लागि विभिन्न निर्णयहरु सम्बोधन गराएकोले मैथिली भाषाको विकासका लागि पनि ठोस कदम चाल्ने बताए ।

उनले देउवा प्रधानमन्त्री भएकै बेलामा सबै वर्गको राष्ट्रिय राजनीतिकको मूलधारमा पहुँच र अधिकार सुनिश्चितताका लागि आदिवासी÷जनजाति, महिला र दलित लगायतका विभिन्न आयोग गठन र भाषिक विविधतालाई पनि सम्बोधन गर्ने निर्णय गरेको बताउंदै मैथिली भाषाको विकासका लागि आयोग गठन सम्बन्धी निर्णय गर्ने विश्वास व्यक्त गरेका हुन् ।

गृहमन्त्री खाँडले मैथिली भाषा, पहिरन, संस्कृति र भोजनको ऐतिहासिक पहिचान रहेकाले यो मैथिली भाषिका लागि मात्र नभई राष्ट्रकै लागि एउटा गहना रहेको बताए ।

त्यस्तै जनकपुरधाम उद्योग वाणिज्य संघले प्रहरी प्रशासनले पारीबाट माल समान ल्याएको भनी झुठा मुद्दाहरु लगाएर सामान नियन्त्रणमा लिई अनावश्यक दुख दिई व्यवसायिक स्वतन्त्रता हनन गरिरहेकोले त्यसलाई रोक्न ज्ञापन पत्र मार्फत गृहमन्त्रीसँग माग गरेपछि गृहमन्त्री खाँडले व्यवसायिक स्वतन्त्रता हनन नगर्न प्रदेश २ का प्रहरी प्रमुख र जिल्ला स्थित प्रहरी निकायलाई निर्देशन दिए ।

उनले भने, ‘यो समस्या सम्पूर्ण देशकै हो । जहाँसम्म यहाँका उद्योगी व्यवसायीहरुको जुन समस्या छ, त्यसमा अप्ठेरो होइन स्वतन्त्रतापुर्वक उद्योग व्यवसाय संचालन गर्नमा सहयोग गरेर सहज वातावरण निर्माण गर्न प्रदेशका प्रहरी प्रमुख सहित स्थानीय सुरक्षा निकायलाई निर्देशन दिन्छु ।’

त्यस्तै उनले निर्माण कार्य सम्पन्न नहुँदै भत्किन थालेको कमला पुलको प्रसंगमा उनले सम्बन्धित मन्त्रालयलाई उच्च स्तरीय छानबीन समिति गठन गर्न समन्वय गर्ने प्रतिबद्धता जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.