हुलाकी न्यूज, जनकपुरधाम । पर्यावरण योध्दा प्रदेश सांसद रामअशिष यादवले पर्यावरणको महत्व नबुझ्ने अयोग्य नेतृत्व कारण नेपालमा पर्यावरण तिब्र गतिमा विनाश भैरहेको कुरा बताउनुभएको छ।

जनकपुरधाम बन प्राविधिक समाजके तेस्रो साधारणसभा को उदघाटन गर्दै पर्यावरण योध्दा प्रदेश सांसद यादवले मानव सभ्यताका लागि पर्यावरण संरक्षण अति आवश्यक रहेको कुरा बताउनुभएको छ।

जनकपुरधाम वन प्राबिधिक समाजका अध्यक्ष राम स्वार्थ साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य रामकुमार शर्मा, राष्ट्रपति तराई मधेस चुरे संरक्षण समिति का अध्यक्ष किरण पौडेल, पुर्व कृषि सचिव उदय चन्द्र ठाकुर, प्रदेश निम्ति वन सचिव नन्दलाल राय, पुर्व वन निर्देशक ब्रजकिसोर यादव,वन विज्ञ डा विजय कुमार सिंह,जल विज्ञ ई रत्नेश्वरलाल कर्ण, वृक्ष मानव सुरेश शर्मा,वन अधिकृत बेचन महतो, मिथिला वाइल्ड लाइफ ट्रष्ट का अध्यक्ष देवनारायण मंडल सहितका वक्ताहरुले पर्यावरण संरक्षण विषयमा विचार व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.