हुलाकी न्यूज, जनकपुरधाम । आज सोमबार विहान सिरहा जिल्लाको सुखिपुर नगरपालिका वडा नं. ४ स्थित लड्कन्हा देखि दही पौडी जाने सडक खण्डमा धान खेतमा युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष बुढाथोकीले बताएका छन्।
फेला परेको शव सिरहाकै औरही गाउँपालिका वडा नं. ४ का १८ वर्षीय सचिन कुमार यादवको रहेको खुलेको छ ।
शव फेला परेको खबर पश्चात प्रहरी चौकी सिलौर्वापछवारी र जिल्ला प्रहरी कार्यालय सिरहाबाट सोको सहितको प्रहरी टोलीले खटेर शवको मुचुल्का लगायत प्रारम्भिक अनुसन्धान पश्चात पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा पठाएको प्रवक्ता बुढाथोकीले भने । यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।



