हुलाकी न्यूज, जनकपुरधाम । सिरहामा शिक्षक तथा कर्मचारीहरुले आन्दोलन थालेका छन् । जिल्लाको कल्याणपुर नगरपालिका क्षेत्रका शिक्षक तथा कर्मचारीहरुले विद्यालय बन्द गरेर नगरपालिकाको प्रशासनिक भवन अगाडी धर्नामा बसेका छन् ।
चाडपर्वका वेला समेत तलबभत्ता नदिएको भन्दै उनीहरुले अनिश्चितकालिन धर्ना सुरु गरेका छन् । शिक्षक र कर्मचारीहरुले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै धर्ना सुरु गरेका छन् ।

कल्याणपुर नगरपालिकाले आफ्नो नगरक्षेत्र भित्रका सामुदायिक विद्यालयका शिक्षक कर्मचारीको तलबभक्ता भुक्तानी नगरेपछि दबाब दिनका लागि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको आन्दोलन संचालन समितिका संयोजक रामपुकार रायले बताए ।
यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकुमार दासले नगरसभा नहुँदा नगरपालिकाको खाता संचालन नभएकाले कर्मचारी र शिक्षकको तलबभत्ता रोकिएको बताए ।

शिक्षक तथा कर्मचारीहरु आन्दोलनमा उत्रेपछि कल्याणपुर नगरपालिका क्षेत्रका ६ माध्यमिक विद्यालय सहित २९ विद्यालयका करिब ७ हजार बालबालिकाको पठनपाठन प्रभावित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.