जनकपुरधाम कार्तिक १२ । धनुषाको सबैला नगरपालिकाको रघुनाथपुरस्थित फकिर चन्द उच्च माध्यमिक विद्यालयका विद्यार्थीले नियमित पठनपाठन नभएको भन्दै प्रधानाध्यापक बैजु साहलाई जनकारबाही गरेको छ । शुक्रबार दिउँसो करिब १२ बजेको समयमा सबैला नगरपालिका वडा नं. १२ रघुनाथुर बरकुर्बास्थित रहेको फकिरचन्द उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक बैजु साहलाई विद्यार्थीहरु सहित युवाहरुले कालोमोसो दलेका छन् ।

नियमित पठन–पाठन हुनुपर्ने, शिक्षकको व्यवस्थापन हुनुपर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको बिल विद्यार्थीहरुले पाउनुपर्ने, कक्षा ११ र १२ का विद्यार्थीले पुस्तक पाउनुपर्ने र विद्यालयका नाममा आएका सामग्रीहरु विद्यालयमै राख्नुपर्ने विद्यार्थीहरुको माग रहेको छ ।विद्यार्थीहरुले चार दिनदेखि शान्तिपूर्ण आन्दोलन गरिरहेका थिए ।

विद्यालयबाट निस्कन लागेका प्रधानाध्यापमकलाई विद्यार्थीले हातपात गरेका छन् भने मोटरसाइकल चढेर विद्यालयबाट निस्कन लाग्दा विद्यार्थीले बैजुमाथि चप्पल समेत प्रहार गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.