जनकपुरधाम, कार्तिक ११ । डा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले रौतहट जिल्लाको राजदेवी नगरपालिकासहित विभिन्न नगरपालिकामा भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेका छन्।
जनमत पार्टीका पूर्व घोषित आन्दोलनका कार्यक्रम अन्तर्गत कार्यकर्ताहरुले नगरपालिका कार्यालयको मुख्य गेटमा नारावाजी गर्दै प्रदर्शन गरेका हुन् ।
जनमत पार्टीका कार्यकर्ता विरुद्ध शुरु भएको आन्दोलनको विपक्षमा जनमत पार्टीले प्रदेश २ को विभिन्न जिल्लामा भ्रष्टाचार विरुद्ध र पक्राउ परेका आफ्ना १७ जना कार्यकर्तालाई रिहाइ गर्न दवाव सृजना गर्ने उदेश्यले आन्दोलनमा उत्रेका हुन्।
नगर अध्यक्ष प्रभु यादवको नेतृत्वमा रहेको कार्यकर्ताहरुले भ्रष्टाचार बन्द गर जस्ता नारा लगाउदै विरोध जनाएका हुन्।
मुलुकमा संघीयता पछि स्थापना भएको स्थानीय तहमा निकै अनियमितता मौलाएको ठहर गर्दै भ्रष्टाचार निर्मुल पर्ने उदेश्यले जनमत पार्टी लागेको नगर अध्यक्ष यादवले दावी गरे। राज्यको रकम दोहन गर्ने जोकोहीलाई जनकारवाही नै एक मात्र विकल्प रहेको जिकिर उनले गरे ।



