हुलाकी न्यूज, जनकपुरधाम । कोरोना भाइरसका संक्रमित बढेपछि चीनमा ४० लाख जनसंख्या भएको एक सहरमा मंगलबारबाट लकडाउन गरिएको छ ।
सहरका बासिन्दालाई आपत्कालिन अवस्थामा मात्र घरबाट बाहिर निस्कन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
चीनभर संक्रिय कोरोना संक्रमितको संख्या निकै कम भए पनि गासु प्रान्तको राजधानी लानजुको एहतियातनलाई पुनः लकडाउन गरिएको हो । सोमबार चीनमा थप २९ जनाको कोरोना संक्रमण पुष्टी भएको थियो जसमध्ये ६ जना लानजूमा रहेका थिए ।
–बिबीसी



