जनकपुरधाम, कार्तिक ७ । धनुषा र सर्लाहीका प्रहरी उपरिक्षक (एसपी)को सरुवा गरिएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापाले दुईवटा जिल्लाका एसपीको काज सरुवा गर्ने निर्णय गरेका हुन् ।

सर्लाहीको इन्चार्जमा एसपी कृष्ण प्रसाईलाई पठाइएको छ ।

त्यहाँ कार्यरत सन्तोषसिंह राठौरलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषामा बसन्त रजौरेलाई पठाइएको छ ।

धनुषामा कार्यरत प्रकाश रानाभाटलाई कार्य विभागमा सरुवा गरिएको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.