जनकपुरधाम,कार्तिक ३ । सिरहा धनुषा जोड्ने हुलाकी सडक अन्तर्गत निर्माणाधिन कमला नदीको पुलको अर्को पिलर पनि भासिएको छ । बुधबार दिउँसो धनुषा तर्फको ३ नम्बर पिलर भासिएको भाषिएको हो।

लगातारको वर्षाको कारण नदीमा आएको ठूलो बाढीले स्पान भासिएको हुलाकी सडक निर्देशनालयका निर्देशक कृष्णकुमार जानकारी दिएका हुन् भने पुल भासिएको जानकारी पाएपछि निर्देशनालयका प्राविधिक टोलि निरीक्षणको लागि पुलमा पुगेको उनले बताएका छन् ।

यसअघि अबिरल वर्षासंगै आएको ठूलो बाढीले गएको असार १७ गते निर्माणधिन सो पुलको सिरहा तर्फको दोश्रो स्पान भासिएको थियो । सो पुलको ९९ प्रतिशत कामसम्पन्न भइसकेको छ । गएको साउनदेखि संचालनमा ल्याउने तयारी गरिरहेकै बेला असाढ १७ गते एउटा स्पान भासिएको थियो । पुल निर्माण ४२ महिनामा सक्ने गरी २०६८ सालमा पप्पु कन्स्ट्रकसनले ठे्रक्का सम्झौता गरेको थियो । तर ७ वर्षसम्म पनि निर्माण सम्पन्न नगरेपछि हुलाकी राजमार्ग निर्देशनालय जनकपुरले लुम्बिनी बिल्डर्सलाई १३ असार २०७८ मा सक्ने गरी ठेक्का दिकएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.