जनकपुरधाम,कार्तिक २ । चीन सरकारले नेपाल सरकारलाई थप २० लाख डोज कोरोना खोप दिने घोषणा गरेको छ । परराष्ट्रमन्त्री नारायण खड्कासँगको टेलिफोन कुराकानीमा चिनियाँ विदेशमन्त्री वाङ् यीले नेपाललाई थप २० लाख डोज कोरोना खोप दिने घोषणा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । चीनले नेपाललाई यसअघि अनुदान र बिक्रि गरी कूल १ करोड १९ लाख डोज कोरोना खोप उपलब्ध गरिसकेको छ ।



