जनकपुरधाम,कार्तिक २ । जनकपुरधामको जानकी मन्दिरमा टिकटक बनाउने युवकमाथि जिल्ला प्रहरी कार्यालय धनुषाले मुद्दा दर्ता गरेका छन् । गत सोमबार बिहान जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ बस्ने अन्दाजी बर्ष २२ का अरमान साफीलाई पक्राउ गरी मुद्दा दर्ता गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जीतेन्द्र कुमार बस्नेतले जानकारी दिएकाहुन् ।

डिएसपी बस्नेतले भने साफीलाई बिहानै पक्राउ गरी उनीमाथि सार्वजनिक शान्ती विरुद्धको मुद्दा दर्ता गरिएको छ र
उनलाई उनकै घरबाट पक्राउ गरिएको थियो।

जनकपुरका युवा अगुवाहरुको एक समूहले आईतबार जानकी मन्दिरको विवाहमण्डपमा ईस्लामिक झण्डा लहराउँदै टिकटक बनाएर हालेपछि उनको चौतर्फी आलोचना भए पश्चात साफीले धार्मिक सहिष्णुता र सार्वजनिक शान्तीमा खलल हुने गरी कार्य गरेको भन्दै निवेदन दिएको थियो । उनीमाथि स्थानीय गणेश साह लगायतका युवाहरुले सिडिओ कार्यालयमा निवेदन दिएको थियो ।

सोमबार बिहानै पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए । उनका अनुसार, विहानै सम्पूर्ण प्रक्रिया गरी मुद्दा समेत दर्ता गरी कारवाही प्रक्रिया अगाडी बढाएको हो ।
नेपालको कानुनमा सार्वजनिक शान्ति खलल पार्न नहुनेः (१) बमोजिम कसैले लेखेर, वचनले वा आकार वा चिह्नद्वारा वा अरु कुनै किसिमबाट धर्म, वर्ण, जात, जाति, सम्प्रदाय वा भाषाको आधारमा नेपालका विभिन्न वर्ग, क्षेत्र वा समुदायका व्यक्तिहरुका बिचको सुसम्बन्धमा खलल पार्ने काम गर्न हुँदैन । भनेर उल्लेख छ ।

यदि त्यस्तो गरिएमा धारा ६५ को उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ ।

यस्तै, उपदफा (१) बमोजिमको कसूर कुनै देवस्थल वा पूजा वा प्रार्थना गर्ने ठाउँ वा धार्मिक, साँस्कृतिक चाड वा समारोह भइरहेको ठाउँमा गरेको भए उपदफा (२) बमोजिमको सजायमा थप एक वर्षसम्म कैद हुने समेत व्यवस्था गरिएको छ । सो अनुसार उनलाई थप एक बर्ष गरी दुई बर्षसम्म जेल सजाय हुने सक्नेछ । यद्यपी, साफीले गरेको कसुरको प्रकृति अनुसार सजाय हुन सक्ने बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.