जनकपुरधाम,असोज २७ । जनकपुरधाम स्थित प्रसिद्ध शक्ति पीठ माता राजदेवी मन्दिरमा वडादसै धूमधामका साथ मनाईदै छ । बिजया दशमीको दिन महावीर युवा कम्युनिटीले प्रतेक वर्ष झैं यसपाली पनि श्रदालुहरु भक्त जानलाई दशमीको दिन महाप्रसाद बितरण गर्ने कार्यक्रम राखीएको छ ।

जनकपुरको राजदेवी मन्दिरमा नवरात्रीको समयमा कन्या पूजाको विशेष महत्व रहेको छ। नवरात्रीको समयमा मन्दिरको प्रगन्मा नौ-साना बालकीहरूलाई माताको स्वरूप बनाई तथा दुई बालकलाई भैरव र हनुमानको रूप दिई झुला-झुलाई विभिन्न सन्ध्या पूजा-आज र विभिन्न प्रकारले बनेको ना-ना थरीको प्रसाद बनाई भोग लगाउने गर्दछन्।

कम्युनिटीका महाप्रसाद संयोजकका दीपक गुप्ताका अनुसार राजदेवी माता मन्दिरमा हुने यस कन्या पूजालाई सबैभन्दा महत्वपूर्ण र शुभ मानिन्छ । स-साना बालक र बालिकालाई माताको रूपमा पूजागरी भोग दिएर दक्षिणा पनि दिईन्छ। यसो गरेर, देवी दुर्गा प्रसन्न हुनुहुन्छ र भक्तहरुको सबै समस्याहरु लाई हटाउनुहुन्छ बताए।

महाप्रसादका संयोजक गुप्तले भने महाप्रसाद बितरणको समय यस वर्ष दशमीको बेलुका ७ बजे देखि सुरु हुनेछ तथा उक्त पुजामा भब्यता प्रदान तथा महाप्रसाद ग्रहण गरीदिन समेत सम्पूर्णनमा अनुरोध गरेकाछन् र वडा दशैँको शुभ उपलक्ष्यमा सुख, शान्ति, समृद्धी तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना समेत वेक्तगरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.