जनकपुरधाम,असोज २७ । धनुषाको सबैला बजारमा श्री-१०८ श्री माँ दुर्गा भवानी प्रतिस्ठान सबैला मन्दिरमा यस वर्ष मेला सहित भब्य तयारीका गरिएका छन् संगै सबैला नगर क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई गरिएको छ।
दुर्गा पुजा अवसरमा अवाञ्छित गतिविधि हुन नदिनका लागि सबैला क्षेत्रमा कडाई गरिएको छ।
यस मेलामा जम्मा ५५ जना प्रहरी खटिएका छन भने २० जनाको टाेलि सहित रहेका बताएका हुन । जस्मा ५ जना महिला प्रहरी पनि खाेइचका लागि खटिएको छ।
सुरक्षाकर्मीले सबैला क्षेत्रमा संयुक्त गस्ती समेत शुरु गरेका छन।इलाका प्रहरी कार्यालय सबैला प्रहरी निरीक्षक राजेश सिग्देल भने, ‘अझै थप मेला भित्रै संयुक्त गस्तीको कार्यलाई निरन्तरता दिन्छौं र शंकास्पद सोधपूछको कार्य समेत हुन।’
सबैला मेला क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न अन्य अपराधिक कार्य नियन्त्रण गर्नका लागि गस्तीको कार्य भैरहेको उनले बताएका छन्। संयुक्त गस्तीको कार्यलाई प्रभावकारी बनाउनका लागि सुरक्षाकर्मी मेला भित्र खटिएकाे छ।



