जनकपुरधाम,असोज २७ । वडा दशैँको अष्टमीका दिन आज हजारौंको संख्यामा माता देवीमन्दिरमा प्रसाद (लरु) चढाउँदै पूजा आजा गरिएको छ।


राजा जनकको कुलदेवता भनिने जनकपुरको प्रसिद्ध मन्दिर राजदेवी मन्दिर आकर्षणको मुख्य केन्द्र बनेको छ। राजदेवी मन्दिरमा पूजाआजा तथा प्रसाद चढाउन मंगलवार मध्यरात देखि नै श्रद्धालुहरूको भीडभाड रहेको पूजा संयोजन गरिरहेका स्थानीय महावीर युवा कमिटीका अध्यक्ष बलराम साहले जानकारी दिए।
साहका अनुसार गत वर्षभन्दा यसपटक मन्दिरमा पूजाआजा तथा प्रसाद चढाउन आउनेहरूको संख्या बढी देखिएको छ।
राजदेवी मन्दिरका साथै मुर्ती स्थापना गरेर पूजाआजा गरिने मुरली चोकस्थि दुर्गा मन्दिर, रामानन्द चोक, भ्रमरपुरा चोकका साथै पिडडिया माइस्थान, रजौललगायतका स्थानमा श्रद्धालुहरूको भीडभाड बढेको छ।
अष्टमी तिथिको राति राजदेवी मन्दिरमा बोकाबली दिइन्छ।












