जनकपुरधाम,असोज मिथिलाका राजा जनकको कूलदेवी मानिएको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा प्रत्येक वर्षझै यस वर्षपनि पुजाआज तथा मन्दिरको प्राँगनमा जागरण, धार्मिकता र मौलिकताले भरिपूर्ण भंजन सन्ध्या कार्यक्रमहरु मनाएका छन् ।

राजदेवीमा प्रत्येक बर्षझैँ यसबर्ष पनि अष्टमी तिथिको दिन बोकाबली(खँसी चढाउने कार्यक्रम) को लागि प्रति टाउको २०० रुपैयाँ नै रहेको महावीर युवा कमिटिका अध्यक्ष बलराम साहले बताए ।

गुठी सँस्थानले खँसी चढाउने र त्यसको टाउको वापत लिँदै आएको प्रति खँसीको दर रु. २०० रुपैयाँ नै कायम गरिएको हो । गुठी सँस्थानले बोकाबलीको लागि आवश्यक पर्ने रसिद काटने कार्य सुरु गरेको छ । राजदेवीमा गत बर्ष कोरोनाको कारण बोकाबली नहुने हल्लाकोबीच ८ हजार बढी बोकाबली भएको थियो भने यसवर्ष बोकाबलीको सँख्या बढने अध्यक्ष साहले जानकारी दिएका हुन्।

राजदेवीमा असोज २६ गते आज मँगलबारका दिन माता राजदेवीको भव्य श्रृँगार गर्ने कार्यक्रम रहेको छ भने पूजनविधी र तिथि अनुसार सप्तमी तिथिको दिन राजदेवीमा भव्य श्रृँगार गरिन्छ । जसमा सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक सँस्थान, मठ मन्दिरका प्रतिनीधिहरुको मोटो उपस्थिति रहनछन्।

आयोजक महावीर युवा कमिटीका अध्यक्ष साहका अनुसार, राजदेवीमा प्रत्येक बर्षझैँ यसबर्ष पनि अष्टमी तिथिको दिन बोकाबली हुनेछ । साँझ ७ बजेदेखि सुरु हुने बोकाबलीको लागि अन्य व्यवस्थापन सुरु गरिएको छ ।

त्यसअघि राजदेवीमा प्रसाद चढाउने कार्य (लड्डु चढाई) कार्यक्रम पनि अष्टमीको विहानैदेखि हुने जनाइएको छ भने सप्तमीको राती १२ बजे अर्थात अष्टमीको बिहान १२ बजेदेखि भव्य र विशेष रुपले प्रसाद चढाउने मान्यता अनुसार हजारौँको सँख्यामा दर्शालुहरु आउने गर्दछन ।

रातीदेखि नै लाईनमा लाग्ने हजारौ भक्तजनहरुको लड्डु चढाउनको लागि करिब १ किलोमिटरभन्दा बढीको लाईन लागेको हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.