सिद्धांत यादव

तड़पिदै ,तडपीदै, एकांतको कुनामा गुम्सिंछन ती अधूरा मिलनहरु,
तातिदै,मातिदै वैरागमा पलाउछ होला ती अमर अखंड यादहरु
तर एक पलको तमास र स्वाशमा कुनै आश बाकी रहन्छ की,
ती प्रेमरहित स्वार्थमा त होला की,हाम्रो झिनो समुधुर साथहरु।

ति छुटेका सामानहरुमा त नाम छैनन नी मेरा,
ती यादहरुमा त साथ छैनन नी मेरा,
छ ,भने यी विछोड़को पलमा नराख तिनीहरुलाई,
लत्याईदेउ,मिल्कईदेउ,ति रिता खोखला स्वप्नहरुलाई

मानौ,कुनै चिरस्मृतमा अध्यारोभए भरको छ,
मानौ,भ्रांति भ्रांतिमा उपहास गरेको छौ तिमीले मलाई,
मानौ, यी पलहरु कुनै अप्ठयारोलागदो प्रश्नहरुको दीपक समान बलीरहेको छ।
यही रिक्तता हो,के यही बिछोड हो,
हो भने ,कीन रिक्तता ???

तिम्रो विछोड़ले गहराईपनि समाप्त होला की यी अधूरा स्वप्नहरु,
बिकल रूवाई र अनंत दुखहरुमा

हाम्रो आलिंगन र हाम्रो भित्रीएको साथहरु त यो बिछोड़मा त नज़ला ,
जाला त ती अधुरो मिलनको चाहना,
तर मिठो रहोस र कहिल्यै पनि तृप्त नहोस म चाहनछु पनि म,
कुनै दिन सम्झेर हास्न पाऊ भनेर।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.