जनकपुरधाम, असोज २३ । विजयदशमी, दिपावली, छठपर्व तथा मोहमद पैगम्बरको जन्म दिनको शुभकामन अदान- प्रदान कार्यक्रमराखी ऊन्नत नेपालले छैठो साधारण सभा सम्पन गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथिमा प्रदेश संसाद रामाशिश यादव , विशिष्ठ अतिथिमा युएनडिपीका अर्जुन कुशवाह, अतिथीमा संयोजित साह, ऊन्नत नेपालका अध्यक्ष नगेन्द्र साह, उप- अध्यक्ष कनिका साह, कोषअध्यक्ष रोजलिन सिंह, सामजिक अभियन्ता जमुना भुजेल, ब्लु डायमण्ड सोसाइटीका प्रदीप यादव, पचुलाल माझी, सन्तोष कुमार मण्डल, कुलदिप साह लगायत विभिन्न वर्गका तथा समजाका युवा अभियानहरूलाई गम्छा ओडाई सँगे मायाको चिनो प्रदान गरी कार्यक्रम सम्पन गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथिम प्रदेश संसाद रामाशिश यादवले भने “प्रत्येक रास्ट्रको उन्नतिमा त्यस देशका सम्पुर्ण जनताको अहम् भुमिका रहेको हुन्छ भने युवाको भुमिका चाहिँ अन्य जनताको भन्दा विशिस्ट किसिमको पहिलो जिम्मेवारी र कर्तव्य रहेको हुन्छ।पछिल्लो पुस्ताका युवाहरु मा निराशाको बादल मडारिनु को मुख्य कारण पनि हिजोको इतिहास हो।आजको परिवेश भनेको युवाहरूको आकर्षणको केन्द्र नै वैदेशिक रोजगार परेको छ।नेपालमा बसेर केही काम छैन ।विदेश गैयो भने त अलि राम्रो ठाउमा घर घडेरि किन्न सकिएला घरपरिवार लाई राम्रो हेरचाह गर्न सकिएला भन्ने विचार ऊतपन भएको छ यसलाई बिचारलाई हामीले सुधार्नु पर्दछ युवाहरुलाई समाजको कल्याण तर्फ लाग्नु पर्छ बतेका छन्”।

यसैगरी ऊन्नत नेपालका अध्यक्ष नगेन्द्र साहका भने यस ऊन्नत नेपालको उद्देश्य समाजको कल्याण संग सम्बन्धित छ र यो संगठन समाजका जरुरत भएका मानिसहरुलाई मद्दत गर्दछ। गरीब अनाथ, महिला सुरक्षा, निराधारका लागी आवाज र धेरै धेरै को शिक्षा को लागी काम गर्दछ सँगै युवाहरुलाई रोजनगरीको लागि समेत प्रदान गर्नेमा जोड दिएका हुन्।







