पर्सा,असोज २२ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भिस्वाका सशस्त्र प्रहरी निरीक्षक कृष्णा पौडेल आउन साथ बोर्डर बाट हुने विभिन्न अवैध गतिविधि तस्करी पूर्ण रूपले बन्द गरेका छन ।

तस्करहरुले विभिन्न बिचौलिया दलाल लगाई तस्करी खुलाउन अथक प्रयास गरे पश्चात पनि निरीक्षक पौडेलले तस्करी गर्न नदिए पछि प्रहरीको माथिल्लो निकायहरुमा तस्करी भयो भनेर गलत सूचना दिने गरेकोले त्यसरी गर्दा पनि केही नलागे पछि तस्करहरुले आफ्नै गोदाममा कुहिएको र थँकेको माल बोर्डर एरियामा पर्ने चमारटोलीमा राखी बिहीबार राती प्रदेश नः २ का टोलीलाई आफै फोन गरि लाइन चलेको सूचना दिई त्यहाका इन्चार्ज लाई बदनाम गराउन त्यस्ता कयौ प्रयास गरीरहेको स्रोतको भनाई छ ।

पौडेलले तस्करीमा कडाई गरेपछि तस्करहरुले काम गर्ने महिला लाई प्रयोग गरि ५ – ५ किलो सामान लिएर दिन भरी ओहरदोहर गराएर भारतको सिकटामा जम्मा गर्ने गरेको सूचना पाए पश्चात त्यो पनि निरीक्षक पौडेलले बन्द गरेपछि तस्करहरुले दलित जातिका काम गर्ने गरिब महिला र युवा हरुलाई बिभिन लोभ लालच दिई प्रयोग गरि बोर्डरमा प्रदर्शन गराउने काम पनि गर्दा उनी इमान्दारीता पूर्वक काम गरेको र काम कर्तब्य जिम्मेवारी बाट पछि नहटेको कारण तस्करहरुले यस्ता घटिया हर्कत गरीरहेका भिस्वा एक जना स्थानीयले बताए ।

विगतमा हुने गरेको विभिन्न अवैध धन्दालाई नियन्त्रण गर्न इमान्दारी पूर्वक प्रयास गरे पश्चात पहिला भिस्वामा तस्करी उदेश्यले प्रतेक दिन ८ देखि १० ट्रक सम्म आउने माल अहिले १ गाडी पनि दिनमा नआउँदा तस्करी बन्द रहेको आसनै बुझ्न सकिन्छ।

अवैध कारोबारमा संलग्न रही सरकारको राजस्व दोहनकर्ताहरुहरुको कुनै जाल झेलमा नपरी सक्रिय र इमान्दार भूमिका निर्वाह गरेका सशस्त्र प्रहरी निरीक्षक पौडेललाई बदनाम गराउने कार्यमा ती कारोबारीहरु हाल सक्रिय भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.