जनकपुरधाम ,२० असोज । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका नेता–कार्यकर्ताले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको कार्यालय घेराउ गरेका छन ।भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै अख्तियरको कार्यलय घेराउ गरिएको हो। गएको साता प्रदेश नम्बर–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारको टोलीले छापा मारेको थियो ।

त्यसको समर्थन गर्दै जनमतका नेता–कार्यकर्ताले प्रदर्शन गरेका हुन्
उनीहरूले प्लेकार्ड र ब्यानरसहित बर्दिबास पुगेर अख्तियारलाई सत्यतथ्य छानबिन गर्न ध्यानाकर्षण गराएका हुन् ।

उनीहरूले ‘भ्रष्टाचारीलाई कारबाही गर’, ‘भ्रष्ट सरकार राजीनामा दे’, ‘सत्यतथ्य छानबिन गर’ , ‘जनमत पार्टी जिन्दावाद’ , ‘साइकल चोर मुख्यमन्त्री राजीनामा दे’भन्दै नाराबाजी गरेका थिए ।प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त रहेको पार्टीका उपमहासचिव ई.इन्द्रजित यादवले आरोप लगाएका थिए ।उनले भने,’यदि अख्तियरले कार्वाही गरेनन् भने जनताले अख्तियर विरुद्ध आन्दोलन गर्न बाध्य हुनेछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.