जनकपुरधाम,असोज २० । असोज २० बुधबार आज राति १० बजेदेखि डिभी लटरीका लागि फाराम भर्न सकिने जनाइएको छ । डिभी भर्दा एक भन्दा बढी आवेदन दिँदा स्वतरद्द हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।विदेश मन्त्रालयले डिभी खुल्ने मिति घोषणा गरेको छ ।  डिभी २०२३ का विजेताहरुले सन् २०२३ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्ने छन् । नतिजा सन् २०२२ को मे महिनामा आउनेछ ।

विगतका डिभी लटरीमा सहभागी भएकाहरुले पनि यसपटक डिभी भर्न सक्ने जनाइएको छ भने  यसपटक बंगलादेश, ब्राजिल, क्यानाडा, चीन, कोलम्बिया, डोमेनिकन रिपब्लिक, एल साल्भाडोर, हैटी, होण्डुरस, इन्डिया, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, साउथ कोरिया, यूके, भेनेजुएला र भियतनामका नागरिकहरुले भने डिभीका लागि फाराम भर्न पाउने छैनन् ।

विगत ५ वर्षमा ५० हजारभन्दा धेरै आप्रवासीहरु अमेरिकामा बसाइ सराइ गरेका देशका नागरिकहरू डिभी भर्नबाट वञ्चित हुनेछन् । डिभी भर्दा नाम, जन्म मिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेललगायत विवरणहरु बुझाउनुपर्छ ।विगतमा प्रयोग भएको वा ६ महिनाभन्दा पुरानो फोटो डिभी भर्दा प्रयोग नगर्न सुझाव दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.