जनकपुरधाम,असोज २० । जिल्लाको जलेश्वर,सम्सी,रामगोपालपुर,गौशाला र औरही पालिकाहरुमा रहेको बजार अनुगमन गरि पसलहरुमा फेला परेको म्याद गुज्रेको ७८ हजार ८२५ रुपयाँ बराबरको विभिन्न खाद्यय सामग्री नियन्त्रणमा लिई अनुगमन टोलीले नष्ट गरेका छन् ।
महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेको नेतृत्वमा खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय,घरेलु तथा साना उद्योग कार्यालय,भेटेरेनरी अस्पताल,उपभोक्ता समिति,उद्योग वाणिज्य संघ,सुरक्षा टोली लगायत सम्मिलित टोलीले उक्त परिमाण वरावरको सामग्री नियन्त्रणमा लिई नष्ट गरिएको छ।
टोलीले बिस्कुट,जुस,चिसो पेय पदार्थ,घिउ,तेल,मसाला,पाउडर दुध,ह्याण्ड वास लगायतका विभिन्न म्याद गुज्रेको सामग्री सम्बन्धित पसलहरुलाई पहिलो पटकलाई चेतावनी दिदै नियन्त्रणमा लिई नष्ट गरेका छन् । महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले अझै केहि पालिकाहरुमा अनुगमन बाकि रहेकोमा यसलाइ नियमति गरिने बताए । उनले पहिलो पटकलाई चेतावनी दिईए पनि पुनः सोहि पसलहरुमा म्याद गुज्रेको सामग्री भेटिए कानुन बमोजिम सजाय हुने बताउनु भयो। बजारमा हाललाई मुल्य र म्याद हेर्ने कार्य भैरहेपनि सम्सी र गौशाला लगायतका विभिन्न स्थानमा पुग्दा पसलहरु बन्द गरेर भागेको पाइएकोमा त्यसता पसलहरु शंकाको घेरामा रहेको र जुन पनि वेला उक्त पसलहरुमा छड्के जाँच गरि गलत भेटिएको खण्डमा कार्यवाहीमा लगिने बताएका छन् । उनले उपभोक्ताको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने खाद्यय सामग्रीमा म्याद र मुल्यले प्रभाव पार्ने भएकोले जनस्वास्थ्यसंग खेलवाड गर्नेलाई कानुन अनुसार कार्यवाही गर्ने बताउनुभयो ।



