जनकपुरधाम,असोज १९ । ६६औ प्रहरी दिवस २०७८ को उपलक्ष्यमा जिल्ला प्रहरी कार्यालय महोत्तरीको आयोजनामा तराईको प्रसिद्ध जलेश्वरनाथ महादेव मन्दिरको वृहत सरसफाई गरेका छन् ।

उक्त सरसफाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीको कार्यालयका कार्यालय प्रमुख श्रीमान प्र.उ. दिनेश कुमार आचार्य, प्र.ना.उ. प्रकाश बिष्ट,प्र.नि. सुनिल धाँजु लगायत अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरुको सकृय सहभागिता रहेको थिए संगै जिल्लाका अन्य ४० वटा प्रसिद्ध मठमन्दिरहरुमा समेत मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुद्वारा सरसफाइ गरिएको छ ।




