जनकपुरधाम । धनुषाको विदेह नगरपालिका-७ स्थित रोसन ज्योती पेट्रोल पम्पमा डकैती भएको छ । १०/१२ जना डाँकाहरूको समूहले मध्यरातमा आएर नगद, सुनचाँदी र मोवाइल लुटेर लगेका छन् । डाँकाहरूले रड प्रहार गर्दा पेट्रोल पम्पका सञ्चालक शम्भुनारायण साहको टाउकोमा चोट लागेको छ । जकपुरस्थित प्रादेशिक अस्पतालमा उपचाररत साहको टाउकोमा सात टाँका लगाइएको छ ।

डाँकाहरूले ६ लाख नगद, ६/७ तोला सुन र केही चाँदी लुटेर लगेको उनले जानकारी दिए । पीडितले गिद्धा प्रहरी चौकीमा खबर गरे पनि प्रहरी घटनास्थल पुग्दा उनीहरू भागिसकेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.