जनकपुरधाम,असोज १९ । फिल्म छायांकनका लागि बलिउड कलाकारहरु अनुपम खेर, बोमन इरानी, परिणिति चोपडा र सारिका हसन नेपाल आएका छन् । सुरज बडजात्याको निर्देशनमा बन्न लागेको ‘उचाई’ फिल्मका लागि उनीहरु नेपाल आइपुगेका हुन् ।’प्लेन चार्टर गरेर उहाँहरुको टोली आइतबार नेपाल आइपुगेको हो,’ ‘उचाई’को नेपाल व्यवस्थापन हेरेको थ्री ह्विलर्स कम्पनीका एक अधिकारीले बताए । केही समय अगाडि सुटिङस्थल हेर्नका लागि बडजात्या नेपाल आउँदा अमिताभ बच्चन र डेनी डेनजोङपोङ पनि नेपाल आउने कुरा थियो । तर उनीहरु नेपाल नआएको पनि उनले बताए ।

अभिनेता अनुपम खेरले मंगलबार बिहान सामाजिक सञ्जालमा पशुपतिनाथ मन्दिरको दर्शन गरेको भिडियो समेत राखेका छन् । उनले विमानस्थलमा ओर्लनासाथ नेपालको तारिफ गर्दै लेखेका थिए– ‘मन्दिर र स्तुपाहरुको सहरमा लामो समयको अन्तरालपछि फर्कनु खुसीको कुरा हो । सुरजसँगको यो मेरो चौथौं फिल्म हो ।’बलिउड कलाकारको यो टोलीले मनाङ, मुस्ताङ, लुक्ला, लाङटाङलगायतका ठाउँमा फिल्म छायांकन गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.