जनकपुरधाम,असोज १९ ।  धनुषाको हंसपुर नगरपालिका वडा-४ मा विभिन्न पार्टी परित्याग गरि ३५६ जनाले जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रवेश गरेको छ ।
हंसपुर नगरपालिका वार्ड नम्बर-४ का स्थानीय युवा फिरोज मन्सुरको अध्यक्षतामा भएको बृहत पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि प्रदेशनं.-२ मुख्यमन्त्री माननीय लालबाबु राउत जी बिशिस्ट अतिथि संसदीय दलका उपनेता माननीय रामअशिष यादव जसपा नेपालका केन्द्रिय सदस्य अरुण सिंह मण्डल, दिपक कार्की, नवीन यादव, प्रदेश सदस्य हबिब मन्सुर, जसपाका जिल्ला अध्यक्ष पशुपति यादव, उपाध्यक्ष अम्भु प्रसाद साह, बौद्धिक पेशाकर्मी केन्द्रिय उपाध्यक्ष जितेन्द्र यादव, पार्टीका नगरअध्यक्ष रामनारायण कापर, युवा जिल्ला अध्यक्ष दिपेन्द्र कापर, रामकुमार साह, विद्यार्थी नेता बलिराम कापर, आमिन राईन तथा अहम अन्सारी लगायत नेता तथा कर्याकर्ताहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.