जनकपुरधाम,असोज १९ । सिरहामा चिठ्ठा परेको भन्दै अनलाइन मार्फत लाखौं रुपैयाँ ठगी गर्ने एकजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका वडा नं. ०८ बस्ने ३४ वर्षीय दिपेन्द्र दास रहेका छन् । दासले इमो,भाइबर,ह्वाट्सएप तथा म्यासेन्जर जस्ता विभिन्न सामाजिक सञ्जालबाट सम्पर्क गर्दै ‘लक्की ड्र’ मार्फत चिठ्ठा परेको भनेर पैसा ठग्ने गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुवास बुढाथोकीले जानकारी दिएका हुन्  । उक्त चिठ्ठा परेको सामाग्री तथा पैसा भन्सारबाट छुटाउन कर लाग्छ भनेर बैंकको खाता नम्बर दिई रकम जम्मा गर्न लगाई रु. ८ लाख ६५ हजार ठगी गरेको डीएसपी बुढाथोकीले बताए । घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.