जनकपुरधाम,असोज १८ । जनकपुरधामका एक्टिभ युवा माझमा कानून सम्बन्धी अन्तरक्रिया तथा कानुनको विशेषता बारेमा छलफल कार्यक्रम सम्पन्न गरिएको छ।
यस कार्यक्रमका वक्त पुर्व राष्ट्रय सभा सदस्य वृषेश चन्द्र लाल रहेका छन् भने सहजकर्ताको रुपमा कानुनका विद्यार्थी राहुल साह रहेका छ। कार्यक्रमका वक्त वृषेश चन्द्र लालले भने ” कानुन मानव, समाज, राष्ट्र र विश्वलाई शान्त, व्यवस्थित एवं गतिशील बनउने संहिता हो । 
मानविय व्यवहारलाई व्यवस्थित र अनुशासित बनाउदै समाजको संरचनालाई आदर्शमुखी बनाउने संयन्त्र नै कानुन हो ।
कानुनको पालना नगरे दण्ड समेत पाउने हुन्छ । कानुनको दायरामा जनता,नेता, पत्रकार सबै पर्दछन् भने कानुको महत्व निम्न अनुसार समाजमा स्वेच्छाचारिता हटाउन,देशमा शान्ति सुव्यवस्था कायम राख्न,आदर्श समाजको निर्माण गर्न,न्याय प्रशासनमा सुगमता ल्याउन,नागरिकलाई आफ्नो अधिकार र कर्तव्यप्रती सजग राख्न, अपराधिक स्थिति एवं व्यवहारलाई दण्डित गर्न,समाजमा अनुशासन, मर्यादा र नैतिकता कायम राख्न,समतामुलक समाजको निर्माण गर्न, अराजकता र दण्डहिनताको अन्त्य गर्नछ भने कानुन किन महतपूर्ण छ समाजलाई अगाडि तथा विकास गर्न सँगै लोकतान्त्रिक विषय बारेमा ध्यान तथा यसको महतपूर्ण बारेमा जोड दिएका छन्। समय अनुसार कानुनलाई परिवर्तन गरेन भने कहीँ कतै कानुनको महत्व लोप हुँदै जान्छ बताउनुभएकाे छ।



