जनकपुरधाम ,असोज १८ । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कार्यकक्षमा जनमत पार्टीका कार्यकर्ताले तालाबन्दी गरेका छन् । जनकपुरको विभिन्न सडक हिलाम्मे बनेको र मर्मत गराउन चासो नदेखाएपछि जनमत पार्टी आन्दोलित भएका छन्  । जनकपुरधाम वार्ड न  ८ मा रहेको जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बाटोका कारण घरबाट निस्किन नपाएको स्टाटस सामाजिक सञ्जालमा लेखेपछि उनका कार्यकर्ता आन्दोलनमा उत्रेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकामा पुगेर राउतका कार्यकर्ताले ‘भ्रष्ट मेयर लालकिशोर साह मुर्दाबाद’ जस्ता नारा समेत लगाएका छन् भने उनीहरुले माग पुरा नगरेमा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । उपमहानगरभित्रको हिलाम्मे सडकहरु अबिलम्ब मर्मत गराउनुपर्ने उनीहरुको मुख्य माग रहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.