जनकपुरधाम,असोज १७ । गाउँपालिका–२ अनैठामा गएराति एक बालकको सर्पले डसेर मृत्यु भएको छ । मृत्यु हुनेमा मदन रामका १३ वर्षीय छोरा आकाश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका हुन् ।

उनका अनुसार ओछयानमा सुतिरहेका अवस्थामा बालकलाई सर्पले डसेको र  धनुषाको महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो । केन्द्रमा उपचार गरी घर फर्किदै गरेका अवस्थामा बालकको स्वास्थ्यस्थिति जटिल बनेपछि जिल्ला अस्पताल जलेश्वरमा लगिएको र अस्पतालमा नै बालकको मृत्यु भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.