जनकपुरधाम,असोज १६ । जनकपुरधाम उप-महानगपलिका वार्ड न २२ बसबिट्टीमा रामायण कालिन सरोवर र एतिहासिक स्थलमा चिनिने
ऐतिहासिक दुधमती संरक्षण तथा साप्ताहिक सरसफाइ अभियानको गौरवमय १०० औं हप्ताको बृहत सरसफाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमा दुधमतीका अभियन्ताहरु कदर प्रमाण पत्र समेत दिएको छ।

मिथिलाका राजा जनकको पुत्री माता जानकीको जन्म स्थलीमा मात्रृ स्नेहक सम्मान प्राप्त गरेको कामधेनु गाई र माता जानकीको जन्म उपरान्त दुग्धपान गराऊना प्रकट भइ दुधको धार बढैत नदीको स्वरूप लिएको किब्दन्ति रहेको यस नदीको नाम दुधमती रहेको छ।

यस दुधमती नदिमा प्रतेक वर्ष माता जानकीको जन्म दिवस अवसरमा तथा विभिन्न पर्वहरुमा दुधमतिमा दुधमती गरिमा संरक्षण समिती र एतिहासिक दुधमती संरक्षण साप्ताहिक सरसफाइ अभियानद्वारा विशेश पुजा-अजा गरिन्छ।

यस कार्यक्रममा प्रमुख आतिथ्यमा भौतिक पुर्वाधार विकास मन्त्री माननीय राम सरोज यादव , विशिस्ट अतिथि माननीय रामआशिष यादव, मुख्य अतिथिमा क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पजियार, जनकपुरधाम उपमहानगर पालिकाका उप-प्रमुख रीता मिश्र, उद्योग पर्यटन तथा वन मन्त्रालयका नि.सचिव नन्दलाल राय यादव, पर्यावरण योद्धा सुरेश शर्मा, पर्यावरण अभियानकर्ता भारतका डा.धर्मेन्द्र कुमार, सरसफाइ अभियन्ता धिरेन्द्र साह, उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्भु साह, अर्थ क्लीन ग्रीनका दिपु ठाकुर, अभियन्ता बजरंग यादव,रुबी झा, कैलाश राउत,राहुल साह लगायत विभिन्न सरोकारवाला, समाजसेवी, पत्रकार तथा ऐतिहासिक दुधमतीका अभियन्ताहरुको सहभागितामा सम्पन्न गरिएको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.