जनकपुरधाम,असोज १६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग विरुद्ध जनता समाजवादी पार्टी(जसपा) नेपालले मोर्चा खोल्ने भएको छ । सुनियोजित तरिकाले प्रदेशको मुख्यालय (मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय) मा छापा मारेपछि जसपा नेपालले अख्तियार विरुद्ध मोर्चा खोलेको हो । अर्मादित र विद्वेसपुर्ण तरिकाले छापामार शैलीमा छिर्नुले प्रदेश सरकारको गरिमामा आघात पुगेको भन्दै जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति धनुषाले विरोधका कार्यक्रमहरु सार्वजनिक गरेको हो । जसपा धनुषाले शुक्रबार प्रेस विज्ञप्ति जारी गरि राजनीतिक प्रतिशोध र पुर्वाग्रहको भावनाले मुख्यमन्त्रीको कार्यालयमा छापामारी गर्नु निन्दनीय रहेको ठहर गर्दै विरोधको कार्यक्रम सार्वजनिक गरेको हो । जसपा नेपाल धनुषाले शुक्रबार सार्वजनिक गरेको विरोध कार्यक्रम अनुसार शनिबार साँझ जनकपुरधामस्थित रेल्वे स्टेशनबाट मशाल जुलुश प्रदर्शन गर्ने भएको छ । असोज १७ गते आइतवार अख्तियार विरुद्ध वृह्त विरोध प्रदर्शन गरिने जिल्ला अध्यक्ष पशुपति यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । दिउँसो १ बजे रेल्वे स्टेशनबाट सुरु भइ विरोध प्रदर्शन जनकपुरधाम नगर परिक्रमा गर्दै कोणसभाको आयोजना गर्ने विज्ञप्तिमा उल्लेख छ । जसपा अनियमितता ,भ्रष्टाचार कमिशनतन्त्र,माफियातन्त्र विरुद्ध र सुशासन तथा सदाचारको पक्षमा वकालत गर्दै आएको तर अख्तियारले अघिल्लो समयमा मुख्यमन्त्री कार्यालयमा देखाएको व्यवहार स्विकार्य नहुने विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारको शैली आपत्तिजनक र दुराशयपुर्ण रहेको आरोप लगाउँदै विज्ञप्तिमा भनिएको छ –‘ यस्ता कार्यले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई धरापमा पार्ने ,प्रदेश सरकारहरुमा नैराश्यता र हिनताबोध हुने , राष्ट्र निर्माणका लागि गरिने लोकल्याणकारी कार्यहरुमा प्रतिकूल असर पर्ने हुँदा अख्तियारको यस्ता कार्य र कार्यशैलीको जनता समाजवादी पार्टी नेपाल धनुषा घोरभत्र्सना र आपति प्रकट गर्दछ । ’ ‘बेटी पढाउ , बेटी बचाउ ’ जस्तो जनलोकप्रिय कार्यक्रमलाई बद्नाम गर्ने नियतले छापामारी गरिएको अख्तियारको यस्तो शैली कदापि बर्दास्त गर्न नसकिने विज्ञप्तिमा उल्लेख रहेको छ । यता, जनता समाजवादी पार्टी नेपाल केन्द्रिय कार्यालयले पनि शुक्रबार विज्ञप्ति जारी गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा देखाएको शैली प्रति आपत्ति जनाउँदै घटनाको भत्र्सना गरेको छ । केन्द्रिय कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ –‘ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार विरुद्ध अनुसन्धान गर्न पाउने हो, तर अमर्यादित र विद्वेसपुर्ण तथा सामुदायिक एवम् राजनीतिक प्रतिशोध र पुर्वाग्रहपुर्ण भावनाले गरिएको उक्त कार्य पक्कै पनि गलत हो ।’ यस प्रकारको कार्यले संघीय गणतन्त्रात्मक प्रणालीलाई धरापमा पार्ने खतरा र प्रदेश सरकारहरुमा नैराश्यता र हिनताबोध हुने भएको हुँदा यस्ता कार्य कदापि स्विकार गर्न नसकिने जसपाको ठहर छ । बर्दिबासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश कार्यालयबाट मेघनाथ रिमाल नेतृत्वको टोली मुख्यमन्त्री मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको थियो । टोलीले बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत साइकल खरिदसम्बन्धी कागजात समेत लगेका थिए ।

पूर्व सूचना नै नदिई एकाएक छापामार शैलीमा प्रदेश मुख्यालयमा प्रवेश गरेको भन्दै मुख्यमन्त्री लालबाबु राउतले कडा आपत्ति जनाएका थिए । उनले बुधबार नै पत्रकार सम्मेलन गर्दै अख्तियारको यो कदमलाई गलत बताए । सुशासनको पक्षमा रहेकोले कुनै प्रकारको आर्थिक अनियमितता सहय नहुने बताउँदै मुख्यमन्त्री राउतले अख्तियारको शैलीप्रति आपत्ति जनाएका थिए । अनियमितता भएको छ भने अनुसन्धान हुनुपर्छ, मुख्यमन्त्री राउतले भने–तर, यो तरिका होइन् । अख्तियारको उक्त कदमको चौतर्फी विरोध गरिएको छ । सर्वोच्च अदालतका पूर्व न्यायाधिश गिरिशचन्द्र लालले पनि अख्तियारले प्रदेश सरकारको गरिमामा ठेस पुर्याउने काम गरेको प्रतिक्रिया दिएका थिए । निर्वाचिन प्रदेश सरकारको कार्यालयमा जुन तरिकाले अख्तियार प्रवेश गरेको हो, त्यो गलत रहेको उनले सामाजिक संजालमार्पmत प्रतिक्रिया दिएका थिए । अख्तियार टोलीका उपसचिव मेघनाथ रिजालले साइकल खरिदमा भएको अनियमितताको छानविन गर्न आएको बताएका थिए । प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत प्रदेशका कक्षा ८ मा अध्ययनरत्त छात्राहरुलाई साईकल वितरण गरिरहेको छ ।

गत आर्थिक वर्षमा खरिद गरिएको १७ हजार साइकलमा आर्थिक अनियमितता भएको भन्दै उजुरी परेको आधारमा छापा मारेको अख्तियार टोलीको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.