जनकपुरधाम,असोज १६ । विराटनगरको रानी नाका शनिबारदेखि आधिकारीक रुपमा खुला भएको छ । लामो समय बन्द रहेको सो नाका शनिबारदेखि पूर्णरुपमा खुल्ला भएको हो ।

असोज ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिमाना खोल्ने निर्णय अनुसार रानी–जोगवनी नाका पनि खुला गरी कार्यन्वयन भएको हो । आवतजावत भइरहेपनि औपचारिक रुपमा मन्त्रिपरिषद्को बैठकले खोल्ने निर्णय गरेपछि नाका खुला भएको हो ।

भारतसँग जोडिएका सवै सीमा नाका खुला भए सँगै जिल्ला प्रशासन कार्यालय मोरङको पहलमा विराटनगर भन्सार कार्यालय र सशस्त्र प्रहरी सँग समन्वय गरी रानी नाका पनि आधिकारीक रुपमा खुला गरिएको हो ।

यस अघि पैदल यात्रिका लागि मात्र ओहरदोहर खुला गरिएकोमा शनिबार देखि यातायातका साधन पनि ओहर दोहर गर्न पाउने भएका छन् । भारतबाट आउने दुई पाङ्ग्रे चार पाङ्ग्रे सवारी साधन विरटनगर बजार सम्म सुविधा रसीद लिएर जान पाउने भएका छन् ।

त्यस्तै विराटनगर बाहिर जानका लागि प्रज्ञापनपत्र भरेर राजस्व बुझाई यातायातका साधन नेपाल प्रवेश पाउने भएका छन् । नाका खुला भएपनि भारत बाट आउने व्यक्तिहरूले आवश्यक सुरक्षा मापदण्ड अनिवार्य पूरा गर्नुपर्ने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.