जनकपुरधाम,असोज १५ । सर्लाहीका एक मेयरका छोरा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । प्रदेश २ को सर्लाहीका एक मेयरका छोरा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।जिल्लाको मलंगवा नगरपालिकाका मेयर निर्शल साहका ४२ वर्षीय छोरा नन्दु साह आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

उनी बरहथवा नगरपालिका–८ टाडीस्थित आफ्नै घरको पंखामा तौलियाले पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालयका बरथहवाका प्रमुख प्रहरी नायब उपरीक्षक उद्धव सिंह भाटले जानकारी दिएका हुन् ।

नन्दुलाई पंखामा झुण्डिएको अवस्थामा परिवारले देखेपछि उपचारका लागि तत्काल हरिवनस्थित सरस्वती अस्पतालमा पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको डिएसपी भाटले बताएका छन्  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.