जनकपुरधाम, असोज १५ गते । जनकपुरधाममा रहको राजर्षि जनक विश्वविद्यालय क्याम्पसका विद्यार्थीहरुको माग पूरा भएपश्चात जनकपुरमा विजयी र्‍याली निकालेका छन् ।

भौतिक उपस्थितिमा कक्षा सञ्चालनको माग गर्दै १५ दिन आन्दोलन गरेका विश्वविद्यालयका विद्यार्थीहरुले जनकपुरधामको विभिन्न चोकमा विजयी र्‍याली निकालेका थिए भने क्याम्पस प्रमुख विनोदकुमार कर्ण उपकुलपति भरत झाको कार्यकक्षमा लगाइएको तालासमेत खोलेका छन् संगै आइतबारदेखि भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुने विश्वविद्यालयले जानकारी दिएका हुन्। कोरोना महामारीको विषम परिस्थिति कायमै रहेकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर कक्षा सञ्चालन गर्ने विश्वविद्यालयले बिहीबार जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

विश्वविद्यालय क्याम्पसमा सञ्चालित शैक्षिक कार्यक्रम बीपीएच दोस्रो सेमेष्टर, बीएसी सीएसआइटी दोस्रो र चौथो सेमेष्टरको प्रयोगात्मक परीक्षा सञ्चालनमा रहेको हुँदा सो बाहेकका सम्पूर्ण शैक्षिक कार्यक्रमहरुको भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुने विश्वविद्यालयले जनाएका छन्  ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.