जनकपुरधाम, १४ असोज । पूर्व नेकपा माओवादी केन्द्रका नेता प्रभु साहले पार्टी परित्यागको घोषणा गरेका छन् ।सर्वोच्च अदालतको पैसलाबाट नेकपा विभाजन भएपछि नेकपा (एमाले) रोजेका का पूर्वमन्त्री समेत रहेका नेता प्रभु साहले एमाले अध्यक्ष केपी शर्मा ओलीले धोखाडीको राजनीतिक गरेकाले पार्टी परित्यागको घोषणा गरेको बताए ।
तत्कालिन समयमा माओवादी केन्द्र र एमाले मिलेर गठन भएको नेपाल कम्यूनिष्ट पार्टी नेकपा स्थापनाको क्रममा दुई दल वीच भएको सहमती र नीति तथा सैद्धान्तिक विषयमा आफुहरुसंग गरेको सहमतीलाई ओलीले बेवास्ता गर्दा एमाले परित्यागको घोषणा गरेको नेता साहले स्पष्ट पारे । उनले भने–हामीले नेकपाको ओलीजीलाई साथ दिएका हौँ, उहाँले नेकपा एमाले व्युँत्याएपछि हामीसँग पनि राय लिनुपथ्र्याे । हामीलाई उहाँले के भनिराख्नुभयो भने यो नेकपाकै निरन्तरता हो ।
कानूनी तथा प्राविधिक ढंगले एमाले भनिएपनि हुनै सक्दैन भनि ओलीले भनेको स्मरण गर्दै नेता साहले भने– केपी ओलीले अहिले अगाडिको बाटो नभएर पछाडिको बाटो लिईरहनुभएको छ । यसले उहाँलाई पनि फाईदा गर्दैन । कम्युनिष्ट आन्दोलनलाई पनि फाईदा गर्दैन ।
उनले एक संचारमाध्यमलाई अन्तरवार्ता दिने क्रममा भनेका थिए– एमालेमा अग्रगमन चाहनेहरुमाथि निषेधको राजनीति हाबी भएको छ । अध्यक्ष ओलीले विगतमा भएका सहमतिहरु पनि नमानेको र सहमति उल्टाउने काम गरेको उनको आरोप छ ।
उनले एमालेको अवस्था यथास्थिति रह्यो भने यो पार्टीको कुनै औचित्य र भविष्य नरहेको जिकिर गर्दै नेता साहले भने– आफूले यही अवस्थामा एमाले नस्विकार्ने घोषणा गरे । उनले एमाले पुरानै अवस्थामा फर्किएकाले आफु एमालेमा नरहने घोषणा गरे ।




भाई न्यूज लिखो शब्द शुद्धीकरण करों।