जनकपुरधाम,असोज १४ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालक परिषदको प्रथम बैठक बुधबार सम्पन्न भएको छ । जनकपुरधाममा बसेको परिषदको बैठकले प्रतिष्ठानलाई जिवन्तता दिँदै दीर्घकालीन विकास र विस्तार सम्बन्धमा विभिन्न निर्णय गरेको छ ।

प्रतिष्ठानको विनियमावली पारित गर्ने , पञ्चवर्षीय योजना पारित गर्ने , स्नातक तथा स्नात्कोत्तर स्तरको स्वास्थ्य कार्यक्रमहरु संचालन गर्नको लागि आवश्य जग्गाको लागि पहल गर्ने ,मधेश स्वास्थ्य सर्वे स्थापित गर्ने तथा प्रादेशिक अस्पताल जनकपुरधामलाई विधिवत् रुपमा प्रतिष्ठानलाई हस्तान्तरण गर्ने पहल गर्ने सहितका निर्णयहरु बैठकबाट सर्वसम्मतिले पारित भएको परिषदद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ ।

प्रदेश–२को स्वास्थ्य सेवाको स्त्तरोनत्ती सेवाको पहूँचमा विस्तार ,स्वास्थ्यको विषयमा उच्चस्तरीय अध्ययन तथा अनुसन्धान सहितका उद्देश्यका साथ प्रदेश –२ सभाले नेपालको संविधानको धारा २०१को उपधारा १ बमोजिम ‘ मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७७’ पारित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.