जनकपुरधाम,असोज १३ । लगभक करिब २२ वर्षीयाकी मानसिक अवस्था ठीक नभएकी र गर्भवती भएकी महिला महिनौंदेखि धारापानीचोकमा अलपत्र अवस्थामा रहेकी थिइन् ।
गत मंगलबार धनुषाधाम नगरपालिकाका वडाध्यक्ष सञ्जिव यादव र इलाका प्रहरी कार्यालय यज्ञभूमिको सहयोगमा वीरगञ्जस्थित मानव कल्याण सेवा आश्रममा मानसिक सन्तुलन गुमाएकी र गर्भवती महिलालाई पठाइएको छ ।आश्रमका सञ्चालक प्रकाश थारुलगायतको टिमले महिलालाई उद्धार गर्दै मानव सेवा आश्रम लगिएको वडाध्यक्ष सजिव यादवले बताउनुभयो।



