जनकपुरधाम, असोज १२ । सूचना अभियन्ताको रुपमा सक्रिय पत्रकार शैलेन्द्र महतो क्रान्ति राष्ट्रिय सूचना आयोगबाट पुरस्कृत भएका छन् ।

जनकपुर क्षेत्रमा सूचना अभियन्ताको रुपमा सक्रिय पत्रकार महतोलाई नगद ३५ हजार राशीको ‘विनयकसजु उत्कृष्ट अभियन्ता पुरस्कार २०७८, प्रदान गरेको हो ।

पत्रकार महतो प्रदेश २ को अस्थायी राजधानी जनकपुर क्षेत्रमा प्रदेश सरकार, प्रशासन लगायत विभिन्न सरकारी तथम सार्वजनिक निकायबाट सूचनाको हक प्रयोग गरि सूचना माग्ने र समाचार मार्फत बाहिर ल्याउन सक्रिय छन्।

राष्ट्रिय सभाको अध्यक्ष गणेश प्रसाद तिमल्सिना र राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले संयुक्त रुपमा दोसल्ला र प्रमाण पत्रसहित पत्रकार महतोलाई पुरस्कार प्रदान गरेका हुन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.