जनकपुरधाम, असोज १२ । लोसपाको संसदीय दलको नेतामा सोमबार राति मात्र निर्वाचित भएका सोनलले प्रदेश २ मा आफूहरु सशक्त प्रतिपक्षिको भूमिका निर्वाह गर्ने बताउनुभयो । पार्टी विभाजन पश्चात प्रदेश २ मा लोसपा प्रमुख प्रतिपक्षी दल बनेको छ ।

 सञ्चारकर्मीसँग कुराकानी गर्दै सोनलले मुख्यमन्त्री लालबाबु राउतसँग प्रष्ट दृष्टिकोण नरहेको टिप्पणी गरेका छन् । उनले यो सरकार टाइमपास मात्र गरिरहेको आरोप लगाएका छन् । उनले भने, ‘यो लालबाबुको सरकारसँग मधेसको उन्नति, प्रगति, समृद्धि, संघीयतालाई संस्थागत गर्ने सवालमा कुनै प्रष्ट दृष्टिकोण छैन्, प्रष्ट योजना छैन ।’ ‘एनिहाउ सरकार बचाउ’ भन्ने जुन प्रचलन छ, त्यसै प्रक्रियामा मुख्मयन्त्री लालबाबु राउतको सरकार रहेको सोननले आरोप लगाएका छन्  ।

‘अहिले क्याबिनेटको बैठक बसिरहेको छैन, हाउस बन्द छ, मन्त्री–मन्त्रीमा मुद्दा चलिरहेको छ । मन्त्रीहरुलाई बस्ने क्वाटर छैन, अफिस छैन । यो सरकारसँग व्यवस्थापन गर्ने कुनै व्यवस्थापकिय दृष्टिकोण छैन’ उनले भनेका हुन्।

विभिन्न सञ्चारमाध्यममा प्रदेश सरकारको विभिन्न ‘कर्तुतको समाचार’ आए पनि त्यसका बारेमा प्रदेश सरकारको कुनै दृष्टिकोण नरहेको नेता सोनलले आरोप लगाएका छन् । यो सरकार जसरी भए पनि समय काट्ने योजनामा रहेको भन्दै त्यसरी जनताको समय खेरजान नदिने सोनलले बताउनुभयो ।

असोज ३ गते संविधान दिवसको दिन लोसपाले कालो दिवस मनाइरहँदा नेता सोनलले ‘उपेन्द्र यादव प्रचण्डको चेला हो’ भनी अभिव्यक्ति दिएका थिए । यस सम्बन्धमा उनले आफूले सो कुरा नभनेर प्रचण्डको कुरालाई मात्र दोहोराएको बताए । ‘यो कुरा त प्रचण्डजी ले भन्नु भएको हो, उपेन्द्रजी मेरो मान्छे हो । उपेन्द्र जीको जम्मै गतिविधि, डकुमेन्टसहरु, लेखाई–पढाई तलदेखि माथिसम्म प्रचण्ड जीको फोटोकपी, शिष्यको रुपमा काम गर्दै हुनुहुन्छ र यो कुरा कति पटक प्रचण्ड जीले भन्नु भएको हो कि उपेन्द्र जी मेरो मान्छे हो । मैले दोहराएको मात्र हो’, उनले भने ।

उनले भने, ‘अहिलेको यो संसद कुनै प्रोडक्ट दिन सकेको छैन । न संसद चलिरहेको छ न कुनै कानुन बनेको छ । यस्तो संसद राखिराख्नुभन्दा लोकतन्त्रमा फ्रेस म्याण्डेटका लागि जानु लोकतान्त्रिक विधिमा यो भन्दा राम्रो के हुन्छ ? प्रदेश २ मा अहिले जसपा, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त सरकार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.