जनकपुरधाम, असाेज १० ।जनकपुरधाममा जनता समाजवादी पार्टी नेपालको मधेस प्रदेश समिति बैठक सम्पन्न भएको छ । बैठकमा पार्टी संगठन सुदृढीकरण र जनजागरण सुज अभियानलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने र एक व्यक्ति, एक पदको अवधारणालगायत प्रस्तावमाथि छलफल गरिएको छ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा भएको बैठकमा सुज अभियानलाई कुन मोडालिटीमा अगाडि बढाउने सम्बन्धमा छलफल भएको जसपाका केन्द्रीय सदस्यसमेत रहेका पूर्वआन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताउनुभयो ।

जसपा नेपालको विधानमा एक व्यक्ति, एक पदको अवधारणा रहेकोले त्यसैको तयारी स्वरुप पूर्वराजपा र पूर्वसपासँग प्रदेश समितिको समायोजन गरिने र केन्द्रीय कमिटी तथा प्रदेश कमिटी दुवैमा रहेका नेताको लिस्ट तयार गरिने उनले बताएका छन् भने
उनले सक्रिय र निष्क्रिय नेता कार्यकर्ताको पनि सूची तयार गर्नका लागि पार्टीको प्रदेश समितिका मुख्य सचिव शम्भु झाको अध्यक्षतामा आठवटै जिल्लाबाट एक–एक जनालाई राखेर सुझाब समिति बनाइएको बताएका हुन्। समितिले संकलन गरेको डाटाका आधारमा प्रदेश अध्यक्षलाई सुझाब पेस गरिने उनले जानकारी दिएका छन् ।

सोही सुझाबका आधारमा एक–दुई हप्ताभित्रै पार्टी समायोजन गरेर अगाडि बढ्ने रणनीति अपनाइएको उनले बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.