जनकपुरधाम,असोज १० । लोसपा महिला परिवारद्धारा आइतवार जनकपुरधाममा आयोजना गरेको जितीयाको महत्व विषयक चर्चा एवम सांस्कृतिक कार्यक्रममा सम्वोधन गर्दै  लोकतान्त्रीक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान त्रुटी रहेकै कारण मुलुकमा अहिले राजनीतिक संकट आइपरेको बताउनुभएको छ ।

लोकतान्त्रीक समाजवादी पार्टीले मधेशको मुद्दालाई नछाडेको बताउदै अध्यक्ष ठाकुरले मधेशको मुद्दा सम्वोधन नभएसम्म आफुहरुको लडाई जारी रहने बताउनुभयो । खस शासकको विभेदकै कारण मुलुकको अवस्था डगमडोल भएको वताउदै उनले संविधान संसोधन एउटै विकल्प रहेको बताए ।

उनले भने ,अन्तरिम संविधानमा उल्लेख गरिएकाहरुलाई पनि उपेक्षा गर्दै वर्तमान संविधान जारी गरिएको छ भने विभेद कायम रहेको छ ,माओवादीले हजारौलाई मारे तर उनिहरु प्रधानमन्त्री सम्म बने तर मधेशीले आन्दोलन गरे उनिहरुलाई झुठा मुद्दामा फसाइएको छ । अधिकारको लागि लडीएको मधेश आन्दोलनमा विभेदी नितीकै कारण ताकि-ताकि गोली,लाठी र अश्रु ग्यास छोडीएको कुरा हामी विर्सन नसक्ने उनले बताउनुभयो।

नेता ठाकुरले मधेशका आन्दोलनलाई अगाडी बढाउनका लागि मधेशी महिलाले दिएको योगदानलाई कहिले पनि विर्सन नसक्ने र मधेशका नेतृहरुको शक्तिकै कारण वरवर दमनका वावजुद मधेश आन्दोलन अगाडी बढदै गएको बताए। संस्कृतिलाई उजागर गर्नेमा मधेशका महिलाहरु सवैभन्दा अगाडी रहेको चर्चा गर्दै उनले जितीया पर्वमा महिलाको भुमीकाको विषयमा समेत चर्चा गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.