जनकपुरधाम, असोज ८ । पछिल्लो समय महिनावारीको समयमा आधुनिक सेनेटरी प्याड प्रयोग गर्ने महिलाको संख्या बढ्दो छ । महिनावारीको समयमा हुने संक्रमणबाट बच्न सेनेटरी प्याड सुरक्षित मानिन्छ ।
यसैगरी जनकपुरधाममा एक युवक श्याम साहले आफ्नो जन्मदिनको अवसरमा सेनेटरी प्याड वितरण गरिएको छ।

जनकपुरधाम स्थित ओम शक्ति स्कुलमा कक्षा ९ र १० का बहिनीहरूलाई महिनावारि सम्बन्धि जानकारी,प्याडलगाउने वा सफा कपडा प्रयोग गर्ने,सफासुग्घर भएर बस्नुपर्दछ, जस्ता जनचेतना कार्यक्रम गरी मनाएका छन।
कार्यक्रममा ब्लड फोर नेपालका धनुषाका जिल्ला संयोजक निर्जला तिमल्सिनाले भनिन् सामान्यतया महिलाहरुको महिनावारी १०/१२ वर्षको उमेददेखि ४९/५० वर्षसम्म चल्ने गर्छ । एक पटक महिनावारीको समयमा नै एक महिलालाई दुई प्याकेट भन्दा बढी सेनेटरी प्याड आवश्यक पर्छ । जसका कारण महिनाको ठूलो रकम प्याडमा खर्च हुने गर्छ । कण्डम सित्तैमा बाडेको सरकारले सेटेरी प्याड पनि निःशुल्क रुपमा बढाउनु पर्ने बताएकी छिन् भने विभिन्न युवा अभियानीकर्ता आदितिय साहनी , बालकिशन भगत समेत यस कार्यक्रममा उपस्थिति रहेका थिए।




