काठमाडौँ,असोज ८ ।  नारायणहिटी राजदरबार संग्रहालयबाट श्रीपेच चोर्ने प्रयास भएको छ।  प्रहरीले श्रीपेच चोर्ने प्रयास गरेका १ जनालाई पक्राउ गरेको छ।रुकुम घर भएका काठमाडाैं म्हैपी बस्ने खिमबहादुर घर्तीले श्रीपेच राखिएको शोकेस फुटाएकाे संग्रहालयले जनाएकाे छ।

नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशकभेषनारायण दाहालले नेपालखबरसँग भने, ‘२ बाई ३ को शाेकेस फुटायो। सेन्सर थियो। सेना नजिकै थियो। फुटाएपछि तुरुन्त समातिहाले। प्रहरीलाई बुझाएर अनुसन्धान भइरहेको छ। शाेकेसबाहेक श्रीपेचमा नोक्सानी केही पुगेको छैन।’ती व्यक्तिविरुद्ध अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.