जनकपुरधाम,असोज ८ । सर्लाहीका बालबालिकालाई एक कार्यक्रम बिच छात्रवृत्ति वितरण गरिएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाही र सेभ द चिल्ड्रेनको सन्युक्त साझेदारीमा संचालित नेपाल छात्रवृत्ति कार्यक्रम (NCSEP) अन्तर्गत छ्नौटमा परेका कबिलासी ,हरिपुर्वा ,मलङ्वा,गोडेता न पा र ब्रहम्पुरी , चन्द्रनगर गाउँपालिकाका एक सय जना दलित बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको छ ।
कार्यक्रम कबिलासी कलस्तरमा जनता अधारभुत विद्यालयमा आयोजनामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष राजेश पासवान ,वडा सदस्य मिठु पासवान , प्रधानाध्यापक भाग्यनरायन मिश्र,संस्था का सदस्य सोगार्थ पासवान,प्रमोद पासवान लगायतको उपस्तिथि रहेको थियो ।



