जनकपुरधाम, असाेज ८।सप्तरीको छिन्नमस्ता गाउँपालिकाभरिका विद्यार्थीहरू पाठ्यपुस्तक विनै पढ्न बाध्य भएका छन् । छिन्नमस्ता गाउँपालिकामा गाउँ सभा नभएका कारण यस गाउँपालिकाका पाँच हजार ५६ विद्यार्थी विना पाठ्यपुस्तक नै विद्यालय जान बाध्य भएका छन्।

महामारीका कारण लामो समयदेखि बन्द रहेका सप्तरीका विद्यालयहरू छिन्नमस्ता गाउँपालिका शिक्षा समितिको निर्णयअनुसार बिहीवारदेखि सञ्चालनमा आएका छन् । गाउँपालिकाभित्र रहेका १९ वटा सामुदायिक विद्यालय सञ्चालनमा आएका छन् भने विद्यालय सञ्चालनमा आए पनि पाठ्यपुस्तक नहुँदा सप्तरीका पाँच हजारभन्दा धेरै विद्यार्थी अध्ययन गर्नबाट वञ्चित भएका छन् ।

पाठ्यपुस्तक नै नभएपछि विद्यालय गएर पनि बालबालिकाले के पढ्छन् ? भनेर अभिभावकले गुनासो रहेको छ।

‘पाठ्यपुस्तक नहुँदा हामी बालबालिकाको जीवन अन्धकारमै गइरहेको छिन्नमस्ता गाउँपालिकाका १९ वटै विद्यालयका शिक्षक, शिक्षिका, बालबालिका र अभिभावकको रहेको छ ।

पाठ्यपुस्तक नहुँदा विद्यार्थीहरू विद्यालय आउन नमान्ने शिक्षकहरू बताउँछन् भने लामो समयपश्चात विद्यालय सञ्चालनमा आए पनि विना पाठ्यपुस्तक कसरी कक्षा चलाउने भन्दै शिक्षकहरूले अविलम्ब पाठ्यपुस्तक उपलब्ध गराउन माग गरेका छन् ।

यसअघि आर्थिक वर्ष २०७७/०७८ मा गाउँपालिकाले पाठ्यपुस्तक खरिद गर्नका लागि २४ लाख २० हजार ६ सय ५६ रुपैयाँ विनियोजित गरे पनि समयमै गाउँ सभा नभएका कारण त्यो रकम फिर्ता भएपछि अहिलेसम्म बालबालिका लागि पाठ्यपुस्तक खरिद गर्न नसकेको छिन्नमस्ता गाउँपालिकाको शिक्षा शाखाका राजदेव खंग मण्डलले बताउनुभयो । कोरोना महामारीका कारण बन्द रहेका विद्यालय सञ्चालनमा आएपछि अब चाँडै नै पाठ्यपुस्तक खरिद गर्ने उहाँले जानकारी दिनुभयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.